पोखरामा मेयर कप साइकल रेस हुने « Khabarhub

पोखरामा मेयर कप साइकल रेस हुने


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा आगामी पुस ६ गते मेयर कप साइकल रेस हुने भएको छ । साइकल सिटी पोखराले उक्त प्रतियोगिता गर्न लागेको हो । टुर दी पोखराको पूर्व सन्ध्यामा मेयर कप साइकल दौड आयोजना गर्न लागिएको टुर दी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए। 

उनका अनुसार टुर दी पोखरा पुस ७ र ९ गते हुनलागेको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले टुर दी पोखराको झण्डा गोंगजुलाई हस्तान्तरण गरे । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । 

कार्यक्रममा देशभरका साइकल यात्रीहरू सहभागी हुने छन् । पुर्व सन्ध्यामा हुन लागेको साइकल दौड पुस ६ गते रानी वन स्थित २० किलोमिटर दूरीमा हुने छ । प्रतियोगिताका विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार दिइने साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । अहिले हुने टुर दी पोखरा छैटौँ संस्करणको हो । ७२ किलोमिटर दूरीमा उक्त प्रतियोगिता हुने छ ।

 यो वर्ष बागलुङको कालिका मन्दिरबाट पोखराको बिन्ध्यावासिनी जोड्ने गरी यात्रा हुने गोंगजुले जानकारी दिए । ‘दुई धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्न यो पटक टुर दी पोखरा हुने छ,’ उनले भने, ‘यसको सन्देश विशेष खालको छ । कम्तिमा एक दिन भएपनि साइकल चढेर पेट्रोलियम खपत घटाउने अभियान हो ।’ पोखराको प्रचार गर्न पनि यो अभियानले विशेष योगदान पुगेको मेयर आचार्यले बताए । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : १० बजे

प्रभावित क्षेत्रका नागरिकको उद्धार र राहतमा एकजुट हुन हर्क साम्पाङको अपिल

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रभावित क्षेत्रका नागरिकको

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६