‘देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ’ « Khabarhub

‘देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र छ’


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसँग मात्र भएको बताएका छन् । सिन्धुलीको दुधौलीमा आज एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना सकार पार्न सूर्य चिह्नमा मतदान गर्न अपिल गरे ।

उनले देशलाई विकासको अभियानमा लैजान र सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि एमालेको सरकार आवश्यक रहेकोमा जोड दिए ।

“एमालेले जारी गरेको घोषणापत्र ग्यारेन्टीका साथ हामी पूरा गर्न तयार छौँ, तपाईँको एकमतले देशको विकासमा टेवा पुग्ने भएकाले सिन्धुलीबाट एमालेका उम्मेदवारलाई विजयी गरेर पठाए जिल्ला र देशको विकास हुनेछ”, अध्यक्ष ओलीले भने । उनले सुनकोशी मरिण डाइभर्सन, मदन भण्डारी राजमार्ग आर्थिक समृद्धिका आधार निर्माण गरेको बताए ।

एमालेले जिल्लामा उठाइएका प्रतिनिधिसभाका दुई प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : ३३ बजे

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै