अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु « Khabarhub

अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लमजुङ– विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्ष स्थगित यस प्रतियोगिता पुनः आजदेखि चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ जिल्लाको बेँसीसहरबाट १४औँ संस्कार याक अट्याक अर्थात् साइकल रेस प्रतियोगिता सुरु भएको हो ।

बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना तथा नेपालस्थित माउन्ट टिभी नेपालको व्यवस्थापनमा ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता  सुरु भएको हो । आज पदमार्गमा जानुअघि आइतबार दक्षिण एसियाकै नमूना घलेगाउँ पुगेर बेँसीसहर फर्किएर आज बिहानै मनाङको चामेसम्म पुगेको आयोजक नेपालको संयोजक अजय पण्डित क्षेत्रीले बताए। उनका अनुसार सात दिनसम्म यस प्रतियोगिता सञ्चालन हुनेछ । तेस्रो दिन चामेबाट मनाङसम्म पुग्नेछन् र चौथो दिन त्यहाँबाट थ्रोरङदफेदीमा पुग्ने छन् । प्रतियोगिताको पाचौँ दिन त्यहाँबाट कागबेनीसम्म पुग्ने र छैटौँ दिन त्यहाँबाट मुक्तिनाथ पुगेर पुनः कागबेनी आउने र प्रतियोगिताको अन्तिम दिन अर्थात् सातौँ दिन कागबेनीबाट कालापानी मुस्ताङमा पुगेर प्रतियोगिता टुङ्गिने र प्रतियोगिता समापन कार्यक्रम भने तातोपानीबाट पोखरा गएर गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको क्रममा उनीहरूले संसारकै सबैभन्दा अग्लो हिमाली भञ्ज्याङ थोराङला उचाइ पार गर्ने भएका छन् । यस प्रतियोगितामा नेपालका नौजना नेपालीसहित क्यानडा, अस्ट्रेलिया, ब्रिटिस, ब्राजिल, नेदरल्यान्ड, बेल्जिमलगायत देशका गरी २१ जना प्रतियोगितामन सहभागी भएको आयोजकले जनाएको छ । यस प्रतियोगितामा विश्वभरिबाट सहभागी हुने र नेपाल र पर्यटक क्षेत्र चिनाउन मद्दत पुग्ने र नेपाली साइकल खेलाडीलाई माथि उकास्दै यस्ता प्रतियोगितातर्फ आकर्षण गर्नलाई यस प्रतियोगिता आयोजना गरिएको संयोजक पण्डित क्षेत्रीले बताए । 

उनले भने, ‘प्रतियोगिता विजयीलाई पुरस्कार कति दिने भनेर फाइनल भइनसकेको र मनाङ पुगेपछि मात्र फाइनल गर्नेछौँ ।’यसअघि सन् २०१९ मा १३औँ संस्करणको यस प्रतियोगिता भएको थियो । यस प्रतियोगितामा यसअघि चार पटक प्रथम भएका क्यानडाका कोरी वाल्लेससमेत सहभागी भएको छ । 

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ५१ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु