यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : बैतडीको पहिलो जित | Khabarhub Khabarhub

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : बैतडीको पहिलो जित


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली – वाइवाइ यू–१९ सुदूरपश्चिम प्रदेश क्रिकेट छनोट प्रतियोगिताको चौथो दिनको खेलमा बैतडीले दार्चुलालाई ५६ रनले पराजित गर्न गरेको छ । महेन्द्रनगरस्थित कर्वडहलमा भएको खेलमा बैतडीले टस जितेर ब्याटिङ रोजेको थियो । बैतडीले निर्धारित ४० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १६८ रन बनाउन सफल भयो । बैतडीका लागि दीपक बोहराले ४५ बलमा सर्वाधिक ९० रन बनाउन सफल भए भने सुदीप कार्की ५९ बलमा ३३ रन तथा प्रदीप चन्दले ११ बलमा १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन ।

बलिङमा दार्चुलाका बिपीन धामीले ८ ओभरमा ३२ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए । वीरेन वमले ८ ओभरमा ५९ रन खर्चिँदा सागर वमले पनि २।१ ओभरमा १७ रन खर्चिँदै समान २र२ विकेट लिन सफल भए । एक सय ६९ रनको विजयी लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सम्पूर्ण विकेटको क्षतिमा मात्र एक सय १२ रन बनाउन सक्यो । दार्चुलाका लागि नीरज पार्कीले ३४ बल खेल्दा राजेन्द्र साउदले पनि ५३ बल खेल्दै समान सर्वाधिक १८र१८ रन बनाए । बिपीन धामी २२ बलमा १६ रन तथा सुमन महराले १६ बलमा १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेन ।

बैतडीका लागि सन्तोष बिजालेले ६ ओभरमा २१ रन खर्चिँदै सर्वाधिक ५ विकेट लिन सफल भए भने आकाश चन्दले ५ ओभरमा १७ रन खर्चिँदै २ विकेट लिन सफल भए । वाइवाइ यू १९ प्रादेशिक छनोट एक दिवसीय क्रिकेट प्रतियोगिताको उक्त खेलमा म्यान अफ दी म्याच बैतडीका दीपक बोहरा घोषित भएको जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : २८ बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा