गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पेशागत सङ्गठनको अपिल « Khabarhub

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पेशागत सङ्गठनको अपिल


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेशागत तथा बुद्धिजीवी सङ्गठनले लोकतन्त्रको संवद्र्धन एवं विकास र समृद्धिको यात्रालाई सबल बनाउन आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

पेशागत विभिन्न पाँच सङ्गठनले आज संयुक्त अपिल गर्दै संविधानको रक्षा, लोकतन्त्रको संस्थागत गर्न र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न गठबन्धनलाई जिताउन अपिल गरेका हुन् । ‘लोकतन्त्रको संवद्र्धन एवं विकास र समृद्धिको यात्रा सबल बनाउन नेपाली जनताले पुनःएकता प्रदर्शन गर्नुपर्नेछ । नेपाली जनताको त्यो एकताको प्रदर्शन जसरी विस्तृत शान्ति सम्झौता र संविधान जारी गर्दा भएको थियो । त्यसैगरी आउने निर्वाचनमा पनि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्नेछ’ अपिलमा भनिएको छ ।

गठबन्धनको विजयले प्रतिगमन परास्त गर्दै राजनीतिक स्थायित्व स्थापित भई विकास र समृद्धिको नयाँ मार्ग खुल्ने भएकाले सम्पूर्ण वौद्धिक समुदाय र पेशाकर्मीहरु एकताबद्ध भई परिवर्तन, लोकतन्त्र, समानता र समावेशिताको पक्षामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरिएको प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले बताए । लोकतन्त्रका पक्षमा एकजुट भई संविधान र लोकतन्त्र दीगो हुने अवस्था नहुँदासम्म लोकतान्त्रिक–वाम गठबन्धन जारी रहनु आवश्यक रहेको अपिलमा भनिएको छ ।

यसरी अपिल गर्ने सङ्गठनमा प्रजातान्त्रिक विचार समाज, नेपाल बुद्धिजीवी सङ्गठन, नेपाल बुद्धिजीवी परिषद् (समाजवादी), अखिल नेपाल बुद्धिजीवी सङ्घ रहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ३९ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका