गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : प्रचण्ड | Khabarhub Khabarhub

गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : प्रचण्ड


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन्। बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उनको विश्वास थियो ।

लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा आज आयोजित कोणसभामा उनले भने, ‘राजनीति स्थायित्व अहिले गठबन्धनले विजयी हासिल गर्छ, सबैतिर गठबन्धनको पक्षमा लहर आउँदै छ ।’ गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिमा सम्पूर्ण तागत विकास, सुशासन, र समृद्धिमा लगाउने एक सुत्रे नारा बनाएको अध्यक्ष दाहालको भनाइ छ ।

उनले भने, ‘निर्वाचन आउँछ जान्छ, लोकतन्त्रमा सामान्य प्रक्रिया हो तर, यसपटकको भने सामान्य निर्वाचन जस्तो नभई यो देशलाई अघि बढाउने, शान्ति प्रक्रिया टुङ्गाउने, जनताको अधिकारलाई अझै परिमार्जन, सुनिश्चित गर्ने वा यो देशलाई पछि धकल्ने, निरङ्कुशतातिर लैजाने, अध्यारोतिर लैजाने दुई गठबन्धनबीच प्रतिस्पर्धा हो ।’

शान्ति प्रक्रियामा नेपाली कांग्रेस र माओवादीले महत्वपूर्ण योगदान गरेको बताउँदै अध्यक्ष दाहालले भने, ‘जुन दिन गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता भयो, यहीँ दिनमा मैले कांग्रेसको रुख चिह्नमा छाप लगाएको र गिरिजाले हसिया हटौँडामा छाप लगाएको हो ।’ उनले गोरखा, तनहुँ लमजुङकै गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताए ।

चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि कोरिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताउँदै अध्यक्ष दहालले डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्रे गर्न पहल गर्ने आश्वासन दिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धन गर्नु मुलुकको आवश्यकता रहेको बताउँदै गठबन्धनको कार्यकर्ता सबैले एक अर्का उम्मेदवारलाई मत हाल्दै जिताउनुपर्ने बताए।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : ४३ बजे

श्रममन्त्रीका सय दिने उपलब्धि, भ्रष्टाचार शून्यमा झारेको दाबी (पूर्णपाठसहित)

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्ना सय

शान्तिले प्रवासबाट ल्याइन् हाइकु, मुक्तक र गीतसहितको ‘कस्तुरी यात्रा’

सुनसरी– बेलायतलाई कर्मथलो बनाएकी शान्ति लिम्बु खिम्दिङ मातृभूमि नेपालको नोस्टालजियालाई

वेभसिरिज ‘कुटुम्ब’ प्रशारण सुरु 

काठमाडौं– नयाँ वेबसिरिज ‘कुटुम्ब’को प्रशारण सुरु भएको छ ।  शनिबारबाट

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै उपस्थित 

काठमाडौं– धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि अन्तरवार्तामा ५ जनामध्ये दुई

उत्तरका १४ नाका खुलेपछि चिनियाँ उच्च तहको टोलीसँग प्रधानमन्त्रीको संवाद

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी)