धनुषा–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा « Khabarhub

धनुषा–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनुषा – आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नं ३ को चुनाव रोचक हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झा र विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएकी एमालेकी जुलीकुमारी महतोबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

धनुषा निर्वाचन क्षेत्रमा अरू उम्मेदवारहरू चुनावी मैदानमा रहे पनि यहाँ द्विपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रबाट नेपाली कांग्रेसका ‘हेभीवेट’ नेता विमलेन्द्र निधि समानुपातिकतर्फ बसेपछि गठबन्धनको भागबन्डामा यो क्षेत्र लोसपालाई परेको हो । चुनाव नजिकिएसँगै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका झा र महतोसहित अरू उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

आफ्नो पक्षमा मत पार्न उनीहरू मतदातलाई भेट्नाका साथै विभिन्नखाले रणनीति बनाउन व्यस्त छन् । विसं २०७४ को निर्वाचनमा झा रौतहट–१ बाट निर्वाचित भएका थिए । यसपटक त्यो क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनका साझा उम्मेदवार बनेपछि झा धनुषा–३ मा चुनाव लड्न आएका हुन् ।

जबकी झासँग प्रतिस्पर्धा गरिरहेकी जुली यसअघि पनि त्यो क्षेत्रबाट चुनाव लडिसकेकी छन् । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन् । यसपटक पनि झाको उम्मेदवारीको टुङ्गो नलाग्दा जुलीले यस क्षेत्रबाट चुनाव लड्ने तयारी गरिसकेकी थिइन् ।

प्रतिनिधसिभा सदस्यका लागि धनुषा–३ बाट चुनाव लडिरहेकी जुली एमालेका सचिव एवं मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठकी पत्नी हुन् । रघुवीर धनुषा–४ बाट चुनाव लडेका छन् । चुनाव नजिकिएसँगै यो क्षेत्रमा ‘बहारिया र भितरिया’ अर्थात् बाहिरकालाई नभएर स्थानीय उम्मेदवारलाई निर्वाचित गराउन कतिपयले बताइरहेका छन् ।

अघिल्लो पटक सर्लाहीबाट आएर तत्कालीन राजपाका राजेन्द्र महतो यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी पनि जिल्ला बाहिरका उम्मेदवार थिए । त्यो बेला महतोलाई चुनाव जिताउन एमालेले ‘अदृश्य’ सहयोग गरेको थियो । अघिल्लो पटक बाहिरका उम्मेदवारलाई जिताउन सहयोग गरेको एमालेका नेता–कार्यकर्ताले यतिबेला यो तर्क गर्न नमिल्ने गठबन्धन पक्षधरहरूको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ०३ बजे

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको

गगन थापाको नेतृत्व र एकताको महाधिवेशनले कांग्रेसलाई बलियो बनाउँछ : जीवनबहादुर शाही

नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको

लेतेदेखि कोरलासम्म रोकिएका कन्टेनर

मुस्ताङ– मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा