धनुषा–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा « Khabarhub

धनुषा–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनुषा – आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा धनुषा क्षेत्र नं ३ को चुनाव रोचक हुने देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झा र विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएकी एमालेकी जुलीकुमारी महतोबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

धनुषा निर्वाचन क्षेत्रमा अरू उम्मेदवारहरू चुनावी मैदानमा रहे पनि यहाँ द्विपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रबाट नेपाली कांग्रेसका ‘हेभीवेट’ नेता विमलेन्द्र निधि समानुपातिकतर्फ बसेपछि गठबन्धनको भागबन्डामा यो क्षेत्र लोसपालाई परेको हो । चुनाव नजिकिएसँगै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका झा र महतोसहित अरू उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

आफ्नो पक्षमा मत पार्न उनीहरू मतदातलाई भेट्नाका साथै विभिन्नखाले रणनीति बनाउन व्यस्त छन् । विसं २०७४ को निर्वाचनमा झा रौतहट–१ बाट निर्वाचित भएका थिए । यसपटक त्यो क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनका साझा उम्मेदवार बनेपछि झा धनुषा–३ मा चुनाव लड्न आएका हुन् ।

जबकी झासँग प्रतिस्पर्धा गरिरहेकी जुली यसअघि पनि त्यो क्षेत्रबाट चुनाव लडिसकेकी छन् । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन् । यसपटक पनि झाको उम्मेदवारीको टुङ्गो नलाग्दा जुलीले यस क्षेत्रबाट चुनाव लड्ने तयारी गरिसकेकी थिइन् ।

प्रतिनिधसिभा सदस्यका लागि धनुषा–३ बाट चुनाव लडिरहेकी जुली एमालेका सचिव एवं मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठकी पत्नी हुन् । रघुवीर धनुषा–४ बाट चुनाव लडेका छन् । चुनाव नजिकिएसँगै यो क्षेत्रमा ‘बहारिया र भितरिया’ अर्थात् बाहिरकालाई नभएर स्थानीय उम्मेदवारलाई निर्वाचित गराउन कतिपयले बताइरहेका छन् ।

अघिल्लो पटक सर्लाहीबाट आएर तत्कालीन राजपाका राजेन्द्र महतो यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी पनि जिल्ला बाहिरका उम्मेदवार थिए । त्यो बेला महतोलाई चुनाव जिताउन एमालेले ‘अदृश्य’ सहयोग गरेको थियो । अघिल्लो पटक बाहिरका उम्मेदवारलाई जिताउन सहयोग गरेको एमालेका नेता–कार्यकर्ताले यतिबेला यो तर्क गर्न नमिल्ने गठबन्धन पक्षधरहरूको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै