चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै, भोलि राष्ट्रपतिसमक्ष पेस गरिने | Khabarhub Khabarhub

चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै, भोलि राष्ट्रपतिसमक्ष पेस गरिने


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज (बुधबार) सार्वजनिक गर्ने भएको छ ।

४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ ।

आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको थियो ।

तर, आयोगले आज प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रसँगै समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न लागेको हो ।

आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन् ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : ०७ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ