नेपालको छवि बढाउन प्रयासरत छौँ : प्रधानसेनापति शर्मा « Khabarhub

नेपालको छवि बढाउन प्रयासरत छौँ : प्रधानसेनापति शर्मा


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार प्रदान गरेका छन् । गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन भएका विभिन्न खेल विधामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने त्रिभुवन आर्मी क्लबमा आबद्ध खेलाडी र प्रशिक्षकलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा महारथी शर्माले स्वर्ण पदक प्राप्त १४ खेलाडी र ३२ जना प्रशिक्षकलाई प्रधानसेनापति प्रशंसा निशान पदक प्रदान गरे । प्रतियोगिताका नयाँ राष्ट्रिय कीर्तिमानधारी आठ खेलाडीको पदोन्नतिका साथै २६ औँ विश्व मिलिटरी तेक्वान्दो प्रतियोगिता २०२२ मा पदक प्राप्त तीन जना खेलाडीलाई पुरस्कार प्रदान गरियो ।

बलाधिकृत रथी सरोजप्रताप राणाले प्रतियोगिताका रजत पदक तथा बलाध्यक्षरथी सीताराम खड्काले कास्य पदक विजेतालाई पुरस्कार प्रदान गरे ।प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य प्राप्त गर्दै त्रिभुवन आर्मी क्लब राष्ट्रिय च्याम्पियन भएको थियो ।

सो अवसरमा सेनाप्रमुख शर्माले राष्ट्रिय खेलकुदमा पाएको सफलताबाट सेनाले गौरवान्वित महसुस गरेको बताए । उनले भने, ‘आर्मी क्लब राष्ट्रिय खेलकुद क्षेत्रको मेरुदण्डका रूपमा रहेको यथार्थलाई पुष्टि गर्न प्रतियोगिताबाट मद्दत पुगेको छ । अन्तर्राष्ट्रिय खेल जगत्मा खेलकुदका माध्यमबाट नेपालको छवि बढाउन हरहमेसा प्रयासरत छौँ ।’

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : १६ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड