अफगानिस्तानमा निमोनियाका बिरामी बढे « Khabarhub

अफगानिस्तानमा निमोनियाका बिरामी बढे


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा निमोनियाका बिरामी बढ्न थालेका छन् । अफगानिस्तानको टोलो न्युजका अनुसार तालिबानले शासन चलाइरहेको उक्त मुलुकमा निमोनियाका बिरामी ह्वात्तै बढेका छन् ।

राजधानी काबुलमा रहेको इन्दिरा गान्धी बाल अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै टोलो न्युजले जनाएअनुसार हरेक दिन निमोनियाका ३० भन्दा धेरै बिरामी उपचारका लागि आउने गरेका छन् ।

हिउँद सुरु भइरहेका बेला चिसो मौसन, सरसफाईमा कमी र खराब हावाका कारण निमोनियाका बिरामी बढेको बताइएको छ । सरकारी अधिकारीले टोलो न्युजलाई दिएको जानकारीअनुसार यस वर्षको पछिल्लो ११ महिनामा निमोनियाबाट ९ लाख ६० हजारभन्दा धेरै बिरामी परेका छन् । यीमध्ये अधिकांश बालबालिका छन् ।

अफगानिस्तानमा निमोनियाबाहेक ६ सय जनाभन्दा धेरै हैजाका बिरामी पनि फेला परेका छन् । यसबाट १५ जनाको मृत्यु भइसकेको बताइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : २४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको