माघीले आपसी सम्बन्ध थप प्रगाढ बनाउने प्रधानमन्त्री देउवाको विश्वास « Khabarhub

माघीले आपसी सम्बन्ध थप प्रगाढ बनाउने प्रधानमन्त्री देउवाको विश्वास


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी/माघे संक्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन् ।

थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्तिका नामले चिनिने पर्वमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको बताएका छन् । विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको उनको भनाइ छ । ।

यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन् ।

आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ । यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ५० बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर