प्रेस चौतारी लमजुङको अध्यक्षमा आले चयन « Khabarhub

प्रेस चौतारी लमजुङको अध्यक्षमा आले चयन


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रेस चौतारी नेपाल लमजुङको अध्यक्षमा कृष्णबहादुर आले सर्वसम्मत चयन भएका छन् ।

प्रेस चौतारी शुक्रबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले आलेको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

आले नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान उपाध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष पनि हुन् ।

उपाध्यक्षमा सुरज गुरुङ, महिला उपाध्यक्षमा बेलिना थापा चयन भएका छन् । सचिवमा सरोज विश्वकर्मा, सहसचिवमा मिनराज परियार र राजन परियार र कोषाध्यक्षमा श्रीकला भण्डारी निर्विरोध भए ।

सदस्यमा सिताराम बसेल, सन्तोष श्रेष्ठ, मनोज विक, एलिसा श्रेष्ठ, सुमीत्रा भुजेल, सुनीता भुजेल, विपना तामाङ, शम्भु परियार र अनिल परियारलाई सर्वसम्मत रुपमा भएका छन्। अधिवेशनले केन्द्रीय प्रतिनिधिमा अनुज अधिकारी, अन्जनकुमार हिमाली, सरला अधिकारी र अञ्जु गुरुङलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा बसन्त अधिकारी र कुमार पौडेललाई चयन गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : २८ बजे

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको