ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने « Khabarhub

ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ।

‘बेइजिङ शीतकालीन ओलम्पिक २०२२’ अघि अर्थात अर्को हप्तादेखि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना रहेको सीएनएनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूको कारण निलम्बित हुने सम्भावना छ, सीएनएनले भनेको छ । शुक्रबारसम्म केवल दुई उडानहरू योग्य देखिन्छन् ।

बेइजिङ शीतकालीन खेलहरू फेब्रुअरी ४ मा शुरु हुनेछ र सहभागीहरूले प्रायः ओलम्पिकमा सहभागिताका लागि विशेष उडानहरू लिइरहेका छन् ।

जुनदेखि चीनको नागरिक उड्डयन प्रशासनले अन्तरराष्ट्रिय उडानहरूमा तथाकथित ‘सर्किट ब्रेकर’ नियम लागू गरेको छ। त्यस नियमको अर्थ हो यदि पाँच वा बढी यात्रुहरूले चीनमा अवतरण गर्दा कोरोना परीक्षण पोजेटिभ देखिएमा उडान दुई हप्ताको लागि स्वचालित रूपमा निलम्बित हुन्छ। यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमा निलम्बन अवधि बढ्नेछ।

चीनले आफ्नो ‘सर्किट-ब्रेकर’ नियमहरूलाई ‘महामारीको सीमापार फैलावटको जोखिम कम गर्न महत्त्वपूर्ण कदम’ भनेर बचाउ गरेको छ । ‘खुला र निष्पक्ष उपायहरू चिनियाँ र विदेशी एयरलाइन्स दुवैमा समान रूपमा लागू हुन्छन्’, विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले अगस्टमा भनेका थिए।

डिसेम्बर २४ देखि जनवरी १२ सम्म, चीनको लागि प्रस्थान गर्ने ९ हजार ३५६ अन्तरराष्ट्रिय उडानहरू मध्ये एक तिहाइ भन्दा बढी रद्द गरिएका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ३१ बजे

कोलम्बोको मैदानमा श्रीलंका पराजित, जिम्बाब्वे ६ विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले

अमेरिकाद्वारा आईईए छोड्ने चेतावनी

एजेन्सी– अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)बाट

मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं– स्कोडाले कायलाकलाई नेपालको चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनाङ, ढोरपाटन

जावलाखेल यूथ क्लब २५औं आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं– जावलाखेल यूथ क्लब पोखरामा जारी २५औं आहा रारा पोखरा

सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)