लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज | Khabarhub Khabarhub

लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – २५ वर्षदेखि समुदायस्तरबाट सञ्चालनमा रहेको लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज भएको छ ।

नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार २२ पुसमा बसेको नेपाल विद्युत प्राधिकरणको बोर्डको बैठकले सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गतको लमजुङ विद्युत उपभोक्ता संस्थासँग भएको विद्युत वितरण सेवा सञ्चालन सम्झौता रद्द गरेको हो ।

उनका अनुसार यसअघि सामुदायिक ग्रामीण विद्युतिकरण निर्देशक समितिको ४ पुसको १३५औँ बैठकबाट निर्णय अनुसार कार्य सम्पन्न गर्ने गरी निर्णय भएको थियो।

प्रादेशिक कार्यालय पोखरा मातहत लमजुङ वितरण केन्द्र अन्तर्गत रहेको उपभोक्ता संस्थाको सम्झौता रद्द गरी नेपाल विद्युत प्राधिकरणबाट विद्युत सेवा सञ्चालन हुने भएको हो ।

बैठकले संस्थाको मातहतमा रहेका विद्युतीय संरचना तथा जनशक्ति प्राधिकरणमा हस्तान्तरण गर्ने सम्बन्धमा व्यवस्थापनबाट अध्ययन गरी प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।

संयुक्त मिटर रिडिङ गर्ने दिनसम्मको सम्पूर्ण विद्युत महसुल लगायत विद्युत उपभोक्ता संस्थाबाट प्राधिकरणलाई बुझाउनुपर्ने सम्पूर्ण बक्यौता रकम वितरक संस्थाबाट असुल उपर गर्ने गरी निर्णय भएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले बताइन् ।

२०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाको करिब ३५ हजार भन्दा बढी ग्राहक रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १० : २५ बजे

प्रदर्शनअघि नै पीटीआईका ३५ कार्यकर्ता पक्राउ

एजेन्सी– अक्टोबर १५ मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को प्रदर्शनअघि

अवरुद्ध सडक खुल्नासाथ पाथीभरामा तीर्थयात्रीको चहलपहल

फुङ्लिङ – सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो

भरतपुर अस्पताल : दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै

चितवन– यहाँको सरकारी भरतपुर अस्पतालमा दसैँको टीकाको दिनमा १५ जनाले

नेपालविरुद्ध टी-२० सिरिज खेल्ने अमेरिकी टिमको घोषणा

काठमाडौं– अमेरिकाले नेपालविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ

जनगणनाको इतिहास : मालिक र कमारा–कमारीको गन्ती

काठमाडौं– नेपालमा जनगणना हरेक १० वर्षको अन्तरालमा गरिन्छ । जनगणना