लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज « Khabarhub

लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – २५ वर्षदेखि समुदायस्तरबाट सञ्चालनमा रहेको लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज भएको छ ।

नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार २२ पुसमा बसेको नेपाल विद्युत प्राधिकरणको बोर्डको बैठकले सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गतको लमजुङ विद्युत उपभोक्ता संस्थासँग भएको विद्युत वितरण सेवा सञ्चालन सम्झौता रद्द गरेको हो ।

उनका अनुसार यसअघि सामुदायिक ग्रामीण विद्युतिकरण निर्देशक समितिको ४ पुसको १३५औँ बैठकबाट निर्णय अनुसार कार्य सम्पन्न गर्ने गरी निर्णय भएको थियो।

प्रादेशिक कार्यालय पोखरा मातहत लमजुङ वितरण केन्द्र अन्तर्गत रहेको उपभोक्ता संस्थाको सम्झौता रद्द गरी नेपाल विद्युत प्राधिकरणबाट विद्युत सेवा सञ्चालन हुने भएको हो ।

बैठकले संस्थाको मातहतमा रहेका विद्युतीय संरचना तथा जनशक्ति प्राधिकरणमा हस्तान्तरण गर्ने सम्बन्धमा व्यवस्थापनबाट अध्ययन गरी प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।

संयुक्त मिटर रिडिङ गर्ने दिनसम्मको सम्पूर्ण विद्युत महसुल लगायत विद्युत उपभोक्ता संस्थाबाट प्राधिकरणलाई बुझाउनुपर्ने सम्पूर्ण बक्यौता रकम वितरक संस्थाबाट असुल उपर गर्ने गरी निर्णय भएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले बताइन् ।

२०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाको करिब ३५ हजार भन्दा बढी ग्राहक रहेका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १० : २५ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ