नेपाली दूतावास साउदीले भन्यो– राम्रो रोजगारी पाइने आशमा भइरहेको काम नछोड्नू « Khabarhub

नेपाली दूतावास साउदीले भन्यो– राम्रो रोजगारी पाइने आशमा भइरहेको काम नछोड्नू


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबमा राम्रो रोजगारी पाइने आसमा भैरहेको काम नछोड्न र राम्रो काम दिलाइदिने नाममा ठगहरुको प्रलोभनमा नपर्न त्यहाँस्थित नेपाली दूतावासले नेपालीहरुलाई सचेत गराएको छ।

दूतावासले बिहीवार एक सूचना जारी गर्दै साउदी अरबमा लामो समयदेखि बस्दै आएका केही नेपालीहरुले छद्म नाम  परिचयबाट र फेरिरहने टेलिफोनबाट सिधासादा नेपाली कामदारलाई सम्पर्क गरी ठग्ने गरेका गुनासाहरु प्राप्त भएको जनाएको छ ।

खासगरी नेपाली ठगहरुले नेपाली श्रमिकहरुलाई उनीहरुले खाइपाइ आएको तलव भत्ताभन्दा बढी दिने बहानामा भइरहेको रोजगारी छाड्न प्रेरित गर्ने र गैर कानूनी हिसाबले काममा लगाउने गरेको पाएको प्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनी छोडेर भाग्नु गैरकानूनी र अनैतिक हो भने त्यस्ता कामदार भगाउनु अपराध हो । पछिल्लो समयमा कामदारलाई भगाउने र कामदार भाग्ने क्रम बढेकाले यस प्रकारको निन्दनीय काम नगर्न  नगराउन समेत दूतावासले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

यस्तो क्रियाकलापबाट साउदी अरबमा रहेका रोजगारदाता कम्पनीहरुले नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा शंका र अविश्वासहरु बढ्दै गएको पाइएको उल्लेख गर्दै एउटा कम्पनीको ईकामा लिएर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कामदारलाई सचेत गराउन साउदी अधिकारीहरुले पनि दूतावासलाई अनुरोध गरेको जनाएको छ।

मानव तस्करीका रूपमा रहेको कामदार भगाउने अपराधमा संलग्न नेपालीहरुको साउदी अधिकारीहरुले सूक्ष्म हिसाबले खोजी गरिरहेको भन्दै यस प्रकारका आपराधिक क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई दूतावासले सचेत गराएको छ ।

यसप्रकारको अपराध गर्ने जो कोहीको भरपर्दो सूचना आफू नजिकैको प्रहरी कार्यालय वा नेपाली दूतावासमा उपलब्ध गराइ सहयोग अनुरोध गरेको छ ।

यस्तो छ दूतावासले जारी गरेको सूचना

–योगेन्द्र योगी

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ११ : २३ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन