माछाको शरीरमा अल्लाह र मोहम्मद, किन्नलाई लाखौँको बोली « Khabarhub

माछाको शरीरमा अल्लाह र मोहम्मद, किन्नलाई लाखौँको बोली


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतको यूपीस्गित बुलन्द शहरको एक माछा अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । यस माछाको एकातिर अल्लाह र अर्को तिर लेखिए जस्तो देखिएको छ । यस अनौठो माछालाई किन्न करीबन ५ लाखसम्म खर्च गर्न समेत मानिसहरु तयार भएका छन् ।

बुलन्द शहरका व्यापारी अंकुर सिंघल ड्राई क्लीनरको काम गर्दछ । उनले पसलमा एक्वेरियममा माछा पालेका छन् । उनले ३ वर्ष पहिले अस्कर प्रजातिको माछा किनेर ल्याएका थिए । तर जति जति माछा बढ्दै गयो त्यसको बाहिर भागमा एका तिर अल्लाह र अर्को तिर मोहम्मद लेखिएको जस्तो चिन्ह देखिँदै गयो ।

सुरुमा ती व्यापारीलाई उनको पसलमा काम गर्ने मुस्लिम कारीगरले यसबारे बताएका थिए । तर उर्दू नजानेका उनले उर्दू–अरबी जान्ने व्यक्ति बोलाए र तिनले माछाको बाहिर भागमा अल्लाह र मोहम्मदको लेखिएको बताएपछि उनले विश्वास गरेका थिए ।

माछामा मोहम्मद र अल्लाहको चिन्ह भेटिएपछि कैयौँ समृद्ध मुसलमानले त्यसलाई किन्न ३ लाख भारुसम्मको बोलकबोल गरे । तर ती व्यापारीले त्यसलाई बेच्न चाहेका छैनन् । अहिले उनको पसलमा ग्राहक भन्दा माछा हेर्न आउनेको भिड लाग्ने गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : २० बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर