भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा कांग्रेस नेता घिमिरे नियुक्त « Khabarhub

भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा कांग्रेस नेता घिमिरे नियुक्त


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा नेपाली कांग्रेसका नेता यादव प्रसाद घिमिरे नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार घिमिरे शुक्रबारदेखि नै लागु हुनेगरी भूमि आयोग अर्घाखाँचीको अध्यक्ष नियुक्त भएका हुन् । पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानका घिमिरे नेपाल शिक्षक संघका अध्यक्ष समेत हुन् । कांग्रेस महासमिति सदस्य घिमिरे कांग्रेसको १४ औं अधिवेशनमा कांग्रेस जिल्ला सभापतिमा उम्मेवार बनेका थिए । यद्यपि नेता घिमिरे अधिवेशनमा पराजित भएका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी अर्घाखाँचीसहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरुलाई नियुक्ति पत्र दिएको बताइएको छ ।

यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग गठनमा राजिनीति भएको भन्दै देउवा सरकारले एकसाथ देशभरका समितिहरु विघटन गरेको थियो । एमालेकै शैली पछ्याउदै देउवा सरकारले पनि आस्थाको आधारमा अध्यक्षहरु नियुक्त गरेको हो ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १२ : ३० बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर