साउदीमा नेपाली ठगहरुको बिगबिगी, ठगीबाट बच्न दूतावासको आग्रह « Khabarhub

साउदीमा नेपाली ठगहरुको बिगबिगी, ठगीबाट बच्न दूतावासको आग्रह



दोहा– साउदी अरबमा पछिल्लो समय नेपाली ठगहरुले नेपाली कामदारहरुलाई विभिन्न बहानामा ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले ठगहरुबाट बच्न त्यहाँ कार्यरत नेपालीहरुलाई आग्रह गरेको छ ।

दूतावासमा उजुरी परेर अभियुक्त कसैको पनि नाम नलिई अमुक ठग, दलाल र कमिशनखोरहरूलाइ इंगित गर्दै उनीहरुबाट जोगिन नेपाली समुदायलाइ सचेत गराएको हो ।

दूतावासले एक सूचना जारी बेखर्ची भएर दूतावासको सेल्टरमा बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका, टिकटको लागि ट्राभल एजेन्सीमा गएका श्रमिकलाई विभिन्न बहाना बनाएर ठग्ने क्रम बढेको भन्दै ठगहरुबाट जोगिन आग्रह गरेको हो ।

नेपाली ठगहरुले ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सीसीएमसी फारम भरेको खर्च जस्ता बनावटी शीर्षकका नाममा रकम लिने गरेका छन् । दूतावासबाट निःशुल्क प्रदान गरिने सेवाको लागि पनि बाहिर बसेर पीडितलाई फकाइ अनावश्यक खर्च गर्न लगाउने गरेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आफूलाई समाजसेवी भन्न रुचाउने र विभिन्न संघसस्था आवद्ध भएका भनिएकाहरुबाटै यसप्रकारको ठगी गर्दा वास्तविक समाजसेवीहरुको कामको अवमूल्यन हुने भन्दै दूतावासले आपत्ति समेत जनाएको छ ।

कोही कसैलाई पनि यस्तो निन्दनीय कार्यमा संग्लन नहुन सचेत गराउदै दूतावासले कसैले यस्ताे ठगी गरेकाे पाएमा दूतावासमा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

साथै, कोही कसैले ठगी गरेको लिखित उजुरी परेमा उक्त उजुरी उपर छानबिन गर्दा ठगी भएको पाइमा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित साउदी निकायमा समेत पत्राचार गरी कारबाही गर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १२ : ०२ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु