साउदीमा नेपाली ठगहरुको बिगबिगी, ठगीबाट बच्न दूतावासको आग्रह « Khabarhub

साउदीमा नेपाली ठगहरुको बिगबिगी, ठगीबाट बच्न दूतावासको आग्रह



दोहा– साउदी अरबमा पछिल्लो समय नेपाली ठगहरुले नेपाली कामदारहरुलाई विभिन्न बहानामा ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले ठगहरुबाट बच्न त्यहाँ कार्यरत नेपालीहरुलाई आग्रह गरेको छ ।

दूतावासमा उजुरी परेर अभियुक्त कसैको पनि नाम नलिई अमुक ठग, दलाल र कमिशनखोरहरूलाइ इंगित गर्दै उनीहरुबाट जोगिन नेपाली समुदायलाइ सचेत गराएको हो ।

दूतावासले एक सूचना जारी बेखर्ची भएर दूतावासको सेल्टरमा बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका, टिकटको लागि ट्राभल एजेन्सीमा गएका श्रमिकलाई विभिन्न बहाना बनाएर ठग्ने क्रम बढेको भन्दै ठगहरुबाट जोगिन आग्रह गरेको हो ।

नेपाली ठगहरुले ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सीसीएमसी फारम भरेको खर्च जस्ता बनावटी शीर्षकका नाममा रकम लिने गरेका छन् । दूतावासबाट निःशुल्क प्रदान गरिने सेवाको लागि पनि बाहिर बसेर पीडितलाई फकाइ अनावश्यक खर्च गर्न लगाउने गरेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

आफूलाई समाजसेवी भन्न रुचाउने र विभिन्न संघसस्था आवद्ध भएका भनिएकाहरुबाटै यसप्रकारको ठगी गर्दा वास्तविक समाजसेवीहरुको कामको अवमूल्यन हुने भन्दै दूतावासले आपत्ति समेत जनाएको छ ।

कोही कसैलाई पनि यस्तो निन्दनीय कार्यमा संग्लन नहुन सचेत गराउदै दूतावासले कसैले यस्ताे ठगी गरेकाे पाएमा दूतावासमा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

साथै, कोही कसैले ठगी गरेको लिखित उजुरी परेमा उक्त उजुरी उपर छानबिन गर्दा ठगी भएको पाइमा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित साउदी निकायमा समेत पत्राचार गरी कारबाही गर्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १२ : ०२ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना