किरणको फिल्ममा आमिर निर्माता « Khabarhub

किरणको फिल्ममा आमिर निर्माता


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड लेखिका तथा निर्मात्री किरण रावले दशक अघि फिल्म ‘धोबीघाट’बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरिन् । अहिले उनी अलग्गिएका अभिनेता आमिर खानसँग सहकार्य गर्दै नयाँ फिल्म निर्देशन गर्दैछिन् । हाल नाम नखुलाइएको फिल्ममा आमिर निर्माता रहनेछन् ।

यसअघि आर्ट फिल्म ‘धोबीघाट’ निर्देशन गरेकी किरणको दोस्रो भेञ्जर भने कमेडी जनराको हुनेछ । किरणले आमिरलाई फिल्मको कथा सुनाएपछि आमिर लगानीका लागि तयार भएका हुन् ।

फिल्ममा विप्लव गोस्वामीको कथा र स्नेहा देसाईको पटकथा तथा संवाद रहनेछ । फिल्मले तीन पात्रको कथालाई देखाउनेछ । फिल्ममा ‘जामताराः सबका नम्बर आएगा’ फेम स्पर्श श्रीवास्तव, ‘कुर्बान हुवा’ फेम प्रतिभा रन्त र १५ वर्षीया बालिका नितान्शी गोएलको अभिनय रहनेछ ।

फिल्मको पहिलो सुटिङ सेड्युल जनवरी २० बाट सुरु हुनेछ । फिल्म महाराष्ट्रका विभिन्न सहरमा खिचिनेछ । किरणले आगामी अप्रिलमा फिल्मको छायांकन पुरा गर्ने योजना बनाएकी छन् । फिल्ममा संगीतकार राम सम्पथ र गीतकार अमिताभ बट्टाचार्य पनि जोडिएका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १२ : ३८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु