किरणको फिल्ममा आमिर निर्माता « Khabarhub

किरणको फिल्ममा आमिर निर्माता


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड लेखिका तथा निर्मात्री किरण रावले दशक अघि फिल्म ‘धोबीघाट’बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरिन् । अहिले उनी अलग्गिएका अभिनेता आमिर खानसँग सहकार्य गर्दै नयाँ फिल्म निर्देशन गर्दैछिन् । हाल नाम नखुलाइएको फिल्ममा आमिर निर्माता रहनेछन् ।

यसअघि आर्ट फिल्म ‘धोबीघाट’ निर्देशन गरेकी किरणको दोस्रो भेञ्जर भने कमेडी जनराको हुनेछ । किरणले आमिरलाई फिल्मको कथा सुनाएपछि आमिर लगानीका लागि तयार भएका हुन् ।

फिल्ममा विप्लव गोस्वामीको कथा र स्नेहा देसाईको पटकथा तथा संवाद रहनेछ । फिल्मले तीन पात्रको कथालाई देखाउनेछ । फिल्ममा ‘जामताराः सबका नम्बर आएगा’ फेम स्पर्श श्रीवास्तव, ‘कुर्बान हुवा’ फेम प्रतिभा रन्त र १५ वर्षीया बालिका नितान्शी गोएलको अभिनय रहनेछ ।

फिल्मको पहिलो सुटिङ सेड्युल जनवरी २० बाट सुरु हुनेछ । फिल्म महाराष्ट्रका विभिन्न सहरमा खिचिनेछ । किरणले आगामी अप्रिलमा फिल्मको छायांकन पुरा गर्ने योजना बनाएकी छन् । फिल्ममा संगीतकार राम सम्पथ र गीतकार अमिताभ बट्टाचार्य पनि जोडिएका छन् ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १२ : ३८ बजे

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र