लिपुलेकमा भारतले सडक बनाउँदा सरकार मौन बस्नु आश्चर्यजनक- राप्रपा « Khabarhub

लिपुलेकमा भारतले सडक बनाउँदा सरकार मौन बस्नु आश्चर्यजनक- राप्रपा


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमी लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ ।

राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमीमा सडक निर्माण गर्दा पनि सरकार मौन बस्नु आश्चर्यजनक रहेको बताएका छन् ।

लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको भन्दै राप्रपाले यो विषय गम्भीर आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा रहेको जनाएको छ ।
राप्रपाले भनेको छ, ‘कालापानी, लिपुलेक नेपाली भूमी हो । आफ्नो भूमीमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध सरकारले प्रतिवाद गर्नुपर्छ । तर भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारुढ गठबन्धनको पनि आश्चर्यननक मौनता दुखद् र रहस्यमय छ ।’

नेपाली भूमीमा भइरहेको हस्तक्षेपबारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गरी नेपाली भूमीमा भारतीय पक्षको निर्माण कार्य तत्काल रोक्न राप्रपाले माग गरेको छ ।

विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : २५ बजे

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट