लिपुलेकमा भारतले सडक बनाउँदा सरकार मौन बस्नु आश्चर्यजनक- राप्रपा « Khabarhub

लिपुलेकमा भारतले सडक बनाउँदा सरकार मौन बस्नु आश्चर्यजनक- राप्रपा


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमी लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ ।

राप्रपाका महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमीमा सडक निर्माण गर्दा पनि सरकार मौन बस्नु आश्चर्यजनक रहेको बताएका छन् ।

लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुलासा गरेको भन्दै राप्रपाले यो विषय गम्भीर आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा रहेको जनाएको छ ।
राप्रपाले भनेको छ, ‘कालापानी, लिपुलेक नेपाली भूमी हो । आफ्नो भूमीमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध सरकारले प्रतिवाद गर्नुपर्छ । तर भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारुढ गठबन्धनको पनि आश्चर्यननक मौनता दुखद् र रहस्यमय छ ।’

नेपाली भूमीमा भइरहेको हस्तक्षेपबारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा वार्ता गरी नेपाली भूमीमा भारतीय पक्षको निर्माण कार्य तत्काल रोक्न राप्रपाले माग गरेको छ ।

विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : २५ बजे

निसीखोलाका १२४ पूर्वाधारका आयोजना कार्यान्वयनमा

बागलुङ– बागलुङको सबैभन्दा पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौँ– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक

बाख्रा पालनबाट स्वरोजगार

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइमा सुविधा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण