ट्र्याक्टर दुर्घटनामा मृत्यु « Khabarhub

ट्र्याक्टर दुर्घटनामा मृत्यु


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ ।

स१त २७६ नंको ट्र्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका–६ स्थित कोसीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

ट्र्याक्टरका चालक खाना खाइरहेको बेला ट्र्याक्टर गुडाएर सदा माटो लिन गएका थिए ।

सोही क्रममा ट्र्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ट्र्याक्टर पल्टिएर पानीमा डुबेको शव प्रहरीले आज बाहिर निकालेको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । ट्र्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : ४८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका