आर्मीले फ्रेन्ड्स क्लबलाई ३/१ गोल अन्तरले हरायो « Khabarhub

आर्मीले फ्रेन्ड्स क्लबलाई ३/१ गोल अन्तरले हरायो


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराएको हो ।

आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक–एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

खेलको दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५औँ मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २–० गोलको अग्रता दिलाए । जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे ।

दोस्रो हाफको सुरुवातमै फ्रेन्ड्सले एक गोल फर्कायो । आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । खेलको ७१औँ मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए ।

यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ । यस हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ५ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र