कोभिड १९ रोकथाम गर्न सुर्खेत प्रशासनले जारी गर्‍यो १२ बुँदे आदेश « Khabarhub

कोभिड १९ रोकथाम गर्न सुर्खेत प्रशासनले जारी गर्‍यो १२ बुँदे आदेश


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति १२ बजेदेखि लागू हुने गरी १२ बुँदे आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन र स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरेका हुन।

प्रजिअ रिजालद्वारा जारी आदेशमा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक, सामाजिक प्रकृतिका कार्यक्रम नगर्ने/नगराउने, २५ जना नबढ्ने उपस्थितिमा गतिविधि सञ्चालन गर्दा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, अत्यावश्यक कार्यक्रमका सम्बन्धमा स्थानीय प्रशासनको अनुमति लिने उल्लेख छ।

साथै औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानूनबमोजिम कारबाही गरिने उल्लेख छ।

सुर्खेत जिल्लास्थित शिक्षण संस्था माघ १५ गतेसम्म बन्द गर्ने, माघ ७ गतेसम्म सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिनेछ। कोभिड–१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित एवं आकस्मिक अनुगमन गर्ने र अवज्ञा गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने जनाइएको छ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ९ : ४० बजे

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी