बतासको पक्षमा उद्योग संगठन ! « Khabarhub

बतासको पक्षमा उद्योग संगठन !


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग वाणिज्य संघले बतास समूहमाथी एकतर्फी चरित्र हत्या र मानमर्दन गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ । संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानुनी रुपमासहभागि भइ आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया सञ्चालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रुपमा निजि क्षेत्रले व्यवसाय गर्न खोज्नु गैर कानुनी र अपराधिक गतिविधि नभएको महासंघ ध्यानाकर्षण गराउन चाहन्छ ।’

नेपाल उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्ति

पोखरा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा बतास ब्रदर्ससँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

नारायणहिटी दरबारमा रेष्टुँरा सञ्चाल गर्न सरकारले नै आह्वान गर्ने र पूर्वाधार निर्माणमा खर्च गरेपछि विभिन्न आरोप लगाउने भन्दै संघले सरकारको आलोचना गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्ति

त्यस्तै उद्योग संघठन मोरङले नारायणहिटी दरबार संग्रहालय क्याफेटेरिया भाडा प्रकरणमा निजी क्षेत्रलाई नियोजित रुपमा आक्रमण गरिएको टिप्पणी गरेको छ ।

उद्योग संगठन मोरङले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रक्रियासम्मत रुपमा व्यवसाय अघि बढाउँदा पनि बतास अर्गनाइजेसनमाथि राज्यले एकपक्षीय ढंगबाट नियतबस हतोत्साहित पार्ने, फसाउने कार्य गरेको र मिडियामा अनर्गल प्रचार प्रसार भइरहेको भन्दै आपत्ती प्रकट गरेको छ ।

उद्योग संघठन मोरङले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  १० : ३३ बजे

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण