नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा सकियो « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा सकियो


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २०औं बार्षिक साधारण सभा सकिएको छ।

चितवन रत्ननगर १, टाँडीमा केन्द्रिय कार्यालय रहेको बैंकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा साधारणसभा सकिएको हो।

बैंकले भौतिक तथा भर्चुअल माध्यमबाट सौराहास्थित होटल सेन्ट्रलपार्कमा पौष २९ गते सभाको आयोजना गरेको थियो ।

संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्ष भित्र पुरा गर्ने लक्ष्यका साथ सभा गरिएको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आ. व. २०७८/०७९ को लागी लेखा परीक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरी आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरेको छ।

सभामा शेयरधनीहरुबाट बैंक समस्याग्रस्त अवस्थाबाट मुक्त गराई हालको अवस्थामा ल्याउन सफल भएकोमा सञ्चालक समिति तथा सिङ्गो बैंक ब्यवस्थापन प्रति खुसी व्यक्त गर्दै थप प्रगति गर्नको लागी सुझाव सहित शुभकामना प्राप्त भयो।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ०६ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा