आयरल्याण्डसँग नेपाल पराजित हुँदा सन्दीपको ५० औं विकेटको रेकर्ड « Khabarhub

आयरल्याण्डसँग नेपाल पराजित हुँदा सन्दीपको ५० औं विकेटको रेकर्ड


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चारदेशीय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।

अल अमेरात क्रिकेट मैदानमा १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेख २३, कुशल भुर्तेल १५ र कमल ऐरीले १३ रनको योगदान गरे ।

नेपालका लागि अविनाश बोहराले दुई तथा कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान एकएक विकेट लिए ।

सन्दीपको रेकर्ड

यो खेलमा एक विकेट लिएका नेपाली कप्तान सन्दीप लामिछाने टी २० क्रिकेटमा ५० विकेट लिने नेपालका प्रथम खेलाडी बनेका छन् ।

सोमबारको खेलमा कप्तान लामिछानेले २८ रन बनाएर खेलिरहेका जर्ज डकरेलको विकेट लिएका हुन् । यो उनको टी २० क्रिकेटको ५० औं विकेट हो।

सन्दीपका नाममा नेपालमा विभिन्न रेकर्ड छन् । तर, उनी टी२० क्रिकेटमा छरितो ५० विकेट लिने विश्वका तेस्रो खेलाडी बनेका छन्। सन्दीपले २९ खेलबाट यो रेकर्ड बनाएका हुन् ।

नेपाली कप्तान लामिछानेले अफगानिस्तानका रासिद खान र दक्षिण अफ्रिकाका इमरान ताहिरलाई पछि पारेका हुन् ।

छरितो ५० विकेट लिने खेलाडीमा श्रीलङ्काका अजन्था मेन्डिस शीर्ष स्थानमा छन्।२८ खेलमा ५० विकेट लिएर दोस्रो स्थानमा आयरल्याण्डका मार्क अडिर छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ५४ बजे

‘शताब्दी घर’मा लाखेको बिदाइ !

गण्डकी– तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका