युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघका महासचिवको जोड « Khabarhub

युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघका महासचिवको जोड


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयार्क – राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसिया र युक्रेनबीचको बढ्दो तनावप्रति गम्भीर चासो देखाएका छन् ।

रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव गुटरेसले यस्तो चासो देखाएको उनका प्रवक्ताले जानाकारी दिए।

वार्तामा महासचिव गुटरेसले वर्तमान संकट समाधानका लागि वार्तालाई मुख्य जोड दिएको प्रवक्ता स्टेफेन डुजारिकले बताए ।

‘युक्रेनमा बढ्दो तनावबारे महासचिवले दुबै देशका विदेशमन्त्रीहरुसँगको वार्तामा गम्भीर चासो देखाएका थिए ’ डुजारिकले भने । सो अवसरमा तनाव शान्त पार्न जारी कूटनीतिक वार्ताको महासचिवले स्वागत गर्दै कूटनीतिको कुनै विकल्प नभएको बताए ।

महासचिव गुट्रेस र उनका प्रवक्ता डुजारिकले रसियाले युक्रेन अतिक्रमण नगर्नेमा आफूहरु अझै पनि विश्वस्त भएको बताएका थिए ।

‘मलाई यो विश्वास छैन् की उहाँको धारणा परिवर्तन भएको छ,’ राष्ट्रसंघको प्रधान कार्यलयमा आयोजित दैनिक ब्रिफिङमा प्रवक्ताले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ७ : २६ बजे

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको