पर्यटनमन्त्री आलेलाई गम्भीर आरोप, अश्लील गाली गरेको अडियो भाइरल « Khabarhub

पर्यटनमन्त्री आलेलाई गम्भीर आरोप, अश्लील गाली गरेको अडियो भाइरल


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन् । उनी काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाएका छन् ।

फोनमा ती व्यक्तिले ‘तपाईबाट यस्तो छैन’ भन्दै कुराकानीको सुरुवात गरेका छन् ।

जवाफमा मन्त्री आलेले ‘कस्तो आश ? के आश ?’ भन्दै अश्लील गालीको वर्षा गराएका छन् । कतिसम्म भने मन्त्री आलेले ती व्यक्तिलाई भिडियो फोनमै ‘तेरि मा …., कुकुर,..’ भन्दै अश्लील गालीको वर्षा गराएका हुन् ।

त्यसपछि ती व्यक्तिले मन्त्री आलेको पदीय मर्यादालाई बेवास्ता गरेर ‘तैले के गर्न सक्छस’ भन्दै प्रश्न गरेका छन् ।  त्यसैमा मन्त्री आलेलाई पनि गाली गदै ‘…काठ तस्कर, ९ महिना जेल बसेर निस्केको होइनस्’ भन्दै प्रश्न गरेका छन्।

यसले मन्त्री आलेमाथि अर्को प्रश्न उब्जिएको छ । उनीमाथि काठ तस्करीको आरोप नौलो होइन । तर काठ तस्करीको आरोप लागेर पनि ९ महिना जेल बसेको आरोप भने गम्भीर हो । यदि यो कुरा पुष्टि भएको खण्डमा आलेको मन्त्री पद जानेछ ।

संविधानमा फौजदारी कसुरमा सजाय भोगेका व्यक्ति मन्त्री बन्न अयोग्य हुने उल्लेख छ । त्यसमाथि मन्त्री आले पटकपटक विवादमा आइरहने व्यक्ति हुन् । यसअघि ओली सरकारमा वनमन्त्री रहेका आलेले ‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भन्दै हावादारी अभिव्यक्ति दिएका थिए ।

त्यतिबेला कोरोना संक्रमणको बेला अक्सिजन सिलिण्डर वितरण गर्दा उनले आफ्नो फोटोसमेत टाँसेर सुदूरपश्चिमका पहाडी जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेका थिए । त्यतिबेलादेखि विवादमा रहँदै आएका मन्त्री आलेको पछिल्लो अश्लील गालीसहितको अडियो भाइरल हुँदा थप आलोचना बढेको छ ।

सामाजिक सञ्जालमा कतिपयले मन्त्री आलेलाई बर्खास्त गर्नुपर्ने माग पनि उठाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ४५ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत