पर्यटनमन्त्री आलेलाई गम्भीर आरोप, अश्लील गाली गरेको अडियो भाइरल « Khabarhub

पर्यटनमन्त्री आलेलाई गम्भीर आरोप, अश्लील गाली गरेको अडियो भाइरल


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन् । उनी काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाएका छन् ।

फोनमा ती व्यक्तिले ‘तपाईबाट यस्तो छैन’ भन्दै कुराकानीको सुरुवात गरेका छन् ।

जवाफमा मन्त्री आलेले ‘कस्तो आश ? के आश ?’ भन्दै अश्लील गालीको वर्षा गराएका छन् । कतिसम्म भने मन्त्री आलेले ती व्यक्तिलाई भिडियो फोनमै ‘तेरि मा …., कुकुर,..’ भन्दै अश्लील गालीको वर्षा गराएका हुन् ।

त्यसपछि ती व्यक्तिले मन्त्री आलेको पदीय मर्यादालाई बेवास्ता गरेर ‘तैले के गर्न सक्छस’ भन्दै प्रश्न गरेका छन् ।  त्यसैमा मन्त्री आलेलाई पनि गाली गदै ‘…काठ तस्कर, ९ महिना जेल बसेर निस्केको होइनस्’ भन्दै प्रश्न गरेका छन्।

यसले मन्त्री आलेमाथि अर्को प्रश्न उब्जिएको छ । उनीमाथि काठ तस्करीको आरोप नौलो होइन । तर काठ तस्करीको आरोप लागेर पनि ९ महिना जेल बसेको आरोप भने गम्भीर हो । यदि यो कुरा पुष्टि भएको खण्डमा आलेको मन्त्री पद जानेछ ।

संविधानमा फौजदारी कसुरमा सजाय भोगेका व्यक्ति मन्त्री बन्न अयोग्य हुने उल्लेख छ । त्यसमाथि मन्त्री आले पटकपटक विवादमा आइरहने व्यक्ति हुन् । यसअघि ओली सरकारमा वनमन्त्री रहेका आलेले ‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भन्दै हावादारी अभिव्यक्ति दिएका थिए ।

त्यतिबेला कोरोना संक्रमणको बेला अक्सिजन सिलिण्डर वितरण गर्दा उनले आफ्नो फोटोसमेत टाँसेर सुदूरपश्चिमका पहाडी जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेका थिए । त्यतिबेलादेखि विवादमा रहँदै आएका मन्त्री आलेको पछिल्लो अश्लील गालीसहितको अडियो भाइरल हुँदा थप आलोचना बढेको छ ।

सामाजिक सञ्जालमा कतिपयले मन्त्री आलेलाई बर्खास्त गर्नुपर्ने माग पनि उठाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ४५ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा