ताप्लेजुङमा सुन्तला उत्पादन वृद्धि « Khabarhub

ताप्लेजुङमा सुन्तला उत्पादन वृद्धि


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । विगतको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । विगतको वर्षभन्दा यस वर्ष एक मेट्रिक टनबढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ ।

गतवर्ष तीन सय ४० दशमलव पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष गएको वर्षभन्दा एक मेट्रिक टन अर्थात ३४१ दशमलव पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले बताए । यस वर्ष करिब ३३ लाख रुपैयाँ बराबरको सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेको छ ।

प्राविधिक सहायक धितालकाअनुसार जिल्लामा कुल ५४ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट उक्त परिमाणमा सुन्तला उत्पादन भएको हो । जिल्लामा किसानले सुन्तला खेती भने गर्न छोड्दै गएका छन् । आजभन्दा आठरनौ वर्ष अघिसम्म एक हजार ७०० हेक्टर क्षेत्रफलसम्म जिल्लामा किसानले सुन्तला खेती गर्ने गरेका थिए ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार विगत आर्थिक वर्ष २०७०र७१ मा एक हजार ६८२ हेक्टर क्षेत्रफलमा किसानले सुन्तला खेती गरेका थिए । उक्त क्षेत्रफल बराबरको खेतीबाट छ हजार ९३८ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको छ । विगतका वर्षहरुमा सुन्तला राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रो गर्दै आएका किसानले सुन्तलामा विभिन्न रोग तथा कीराको प्रकोप देखिएसँगै खेती छोडेका थिए ।

विभिन्न रोग तथा प्रकोपका कारण सुन्तला खेती मासिएपछि अहिले सीमित क्षेत्रमा मात्र किसानले खेती गर्दै आएका छन् । हाल स्थानीय सरकारका रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले सुन्तलालगायत फलफूलजन्य खेती प्रवर्द्धनका लागि योजनाहरू पारित गरी निश्चित बजेट विनियोजन गरी किसानलाई अनुदान तथा अन्य सहायता गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  २ : ०० बजे

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर