ताप्लेजुङमा सुन्तला उत्पादन वृद्धि « Khabarhub

ताप्लेजुङमा सुन्तला उत्पादन वृद्धि


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा यसवर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । विगतको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । विगतको वर्षभन्दा यस वर्ष एक मेट्रिक टनबढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ ।

गतवर्ष तीन सय ४० दशमलव पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष गएको वर्षभन्दा एक मेट्रिक टन अर्थात ३४१ दशमलव पाँच मेट्रिक टन सुन्तला उत्पादन भएको सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले बताए । यस वर्ष करिब ३३ लाख रुपैयाँ बराबरको सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेको छ ।

प्राविधिक सहायक धितालकाअनुसार जिल्लामा कुल ५४ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट उक्त परिमाणमा सुन्तला उत्पादन भएको हो । जिल्लामा किसानले सुन्तला खेती भने गर्न छोड्दै गएका छन् । आजभन्दा आठरनौ वर्ष अघिसम्म एक हजार ७०० हेक्टर क्षेत्रफलसम्म जिल्लामा किसानले सुन्तला खेती गर्ने गरेका थिए ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार विगत आर्थिक वर्ष २०७०र७१ मा एक हजार ६८२ हेक्टर क्षेत्रफलमा किसानले सुन्तला खेती गरेका थिए । उक्त क्षेत्रफल बराबरको खेतीबाट छ हजार ९३८ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क रहेको छ । विगतका वर्षहरुमा सुन्तला राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रो गर्दै आएका किसानले सुन्तलामा विभिन्न रोग तथा कीराको प्रकोप देखिएसँगै खेती छोडेका थिए ।

विभिन्न रोग तथा प्रकोपका कारण सुन्तला खेती मासिएपछि अहिले सीमित क्षेत्रमा मात्र किसानले खेती गर्दै आएका छन् । हाल स्थानीय सरकारका रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरुले सुन्तलालगायत फलफूलजन्य खेती प्रवर्द्धनका लागि योजनाहरू पारित गरी निश्चित बजेट विनियोजन गरी किसानलाई अनुदान तथा अन्य सहायता गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  २ : ०० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन