बाल क्यान्सरविरुद्धको दिवस मनाइँदै « Khabarhub

बाल क्यान्सरविरुद्धको दिवस मनाइँदै


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज बाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको यसवर्षको नारा ‘जीवन रक्षाः तपाईँको हातमा’ रहेको छ । हरेक वर्ष विश्वभर झण्डै दुई लाख आठ हजार जना १९ वर्षमुनिका जनसंख्यामा क्यान्सर हुने गरेको तथ्यांक छ ।

नेपालमा बर्सेनि क्यान्सरका १५ सयभन्दा धेरै बालबालिका थपिने गरेका छन् । तर एक तिहाइ बाल क्यान्सर रोगी मात्रै उपचारको पहुँचमा पुग्ने गरेको पाइएको छ । समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालले जनाएको छ ।

नयाँ बिरामीहरु मध्ये बाल क्यान्सरको उपचार हुने नेपालका सम्पूर्ण अस्पतालहरुमा आइपुग्ने बालबालिकाको संख्या जोड्दा करिब एकतिहाइले मात्र पूर्णरुपमा उपचार लिएको कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीले बताए ।

अस्पतालमा आइपुगेका मध्य पनि २० देखि ३० प्रतिशत बालबालिकाहरु आर्थिक अभावको कारण उपचार नगरिकन वा उपचार छोडेर फर्किने अस्पतालका निर्देशक डा. अजित रायमाझीले जानकारी दिए ।

बालबालिकामा देखिने विभिन्न प्रकारका क्यान्सरमध्ये रक्त क्यान्सर बढी देखिने गर्छ । रगतको कमी भइ छाला सेतो हुने, तौल असामान्य रुपमा घट्ने, खोकी निको नहुने, शरीर सुन्निने लगायतका लक्षण देखिन्छन् ।

बालक्यान्सरको उपचार सम्बन्धी सबैजसो सेवा निःशुल्क रहेको तर उपचारमा पहुँचको कमी मुख्य समस्या रहेको छ ।

जनस्वास्थ्य समस्याको दृष्टिकोणबाट बाल क्यान्सर सम्पूर्ण क्यान्सरहरुमा छैटौं र बाल स्वास्थ्य समस्याहरुमा प्रमुख जनस्वास्थ्य समस्या हो । क्यान्सर लागेको बालबालिकालाई अकाल मुत्युको मुखबाट जोगाउन दुईवटा प्रमुख रणनीति अपनाउनुपर्ने हुन्छ, यसरी जसमा स्थापित उपचार केन्द्रहरुलाई थप सुढिडकरण गर्ने र उपचारमा सबैको पँहुच पुर्‍याउने अंगिकार गर्नुपर्ने चिकित्सकले जोड दिएका छन् । नेपाल सरकारले क्यान्सरका बिरामीलाई एक लाख सम्मको उपचार खर्च दिने गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ३ : ३० बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी