मन्त्री प्रेम आलेको अश्लिल गाली सम्बन्धी अडियो–भिडियोको जाँच हुने « Khabarhub

मन्त्री प्रेम आलेको अश्लिल गाली सम्बन्धी अडियो–भिडियोको जाँच हुने


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ ।

मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो मंगलबार विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका थिए ।

‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’

पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने उनले बताए ।

अडियो–भिडियोको सत्यतथ्य बुझेपछि उनीमाथि कस्तो एक्सन लिने भन्ने पार्टीले निर्णय गर्ने उनले जनाए । आले एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  २ : १० बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य