मन्त्री प्रेम आलेको अश्लिल गाली सम्बन्धी अडियो–भिडियोको जाँच हुने « Khabarhub

मन्त्री प्रेम आलेको अश्लिल गाली सम्बन्धी अडियो–भिडियोको जाँच हुने


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ ।

मन्त्री आलेले एक व्यक्तिलाई टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो मंगलबार विहान सार्वजनिक भएको थियो । अडियो– भिडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लिल गाली मात्र होइन ज्यान लिने धम्की समेत दिएका थिए ।

‘जुन अडियो–भिडियो सार्वजनिक भएको छ त्यसको सत्यता जाँच गर्ने कुरामा हामी लागेका छौं,’ नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘आज नेतृत्व तहमा यसबारे छलफल हुन्छ ।’

पार्टी भित्र छलफल भइनसकेकोले अहिल्यै यही हुन्छ भनेर भन्न नसक्ने उनले बताए ।

अडियो–भिडियोको सत्यतथ्य बुझेपछि उनीमाथि कस्तो एक्सन लिने भन्ने पार्टीले निर्णय गर्ने उनले जनाए । आले एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  २ : १० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन