सुनसान पदमार्गमा देखिन थाले पर्यटक « Khabarhub

सुनसान पदमार्गमा देखिन थाले पर्यटक


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ–कोरोनाका कारण सुनसान बनेको अन्नपूर्ण पदमार्गमा पर्यटक देखिन थालेका छन् । चिसो मौसम र महामारी कम हुँदै गएपछि सो पदमार्गमा पर्यटक आउन थालेका हुन् ।

पर्यटक देखिन थालेपछि केही आशा पलाएको व्यवसायीले जनाएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार करिब एक हप्तादेखि दैनिक पाँच छ विदेशी पर्यटक आगमन हुन थालेको छ ।

उनले भने, ‘महामारी हुनुभन्दा अघिका वर्षमा दैनिक एक हजार जनासम्म पनि पर्यटक आउने गरेका थिए । कोरोना सङ्क्रमण हट्दै गएको र पर्यटक आउने याम आजदेखि अर्थात् फ्रेबअरी १५ देखि रहेकाले पर्यटक वृद्धि हुँदै पुरानै लयमा आउने अपेक्षा रहेको छ ।’

पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पदमार्गमा पर्यटक देखिन थालेसँगै यस क्षेत्र पुनः पुरानै लयमा आउने आशा पलाएको बताए । पर्यटक आगमन हुँदा दैनिक ३०÷३५ हजारभन्दा बढीको आम्दानी हुने गरेको उनले सुनाए ।

कोरोना सङ्क्रमणको जोखिम न्यून हुँदै र गर्मी बढ्न थालेसँगै पर्यटक आगमनको चाप बढ्ने र आम्दानी गरेर परिवारको दैनिकी समेत चलाउने अर्का पर्यटन व्यवसायी खुसबहादुर गुरुङले बताए । यस पदमार्ग आसपासमा पर्यटन व्यवसायही गर्नेहरु करिब तीन हजार ५०० रहेको र अधिकांशले पर्यटन क्षेत्रबाटै घरपरिवारको गुजारा चलाउने गरेको उनको भनाइ छ ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ जिल्ला जोडिएको छ । यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीशहर नगरपालिका–७ मनाङे चौतारामा रहेको छ । केही समयअघि हिमपात भए पनि पदमार्ग अवरुद्ध नभएको बताइएको छ ।

यस पदमार्गमा सन् २०२१ मा दुई हजार ३७३ पर्यटक आएका थिए । त्यस्तै, सन् २०२० मा एक हजार ९७६ जना पर्यटक आएको उक्त केन्द्रले जनाएको छ । उक्त वर्षमा पहिलो र दोस्रो कोरोना सङ्क्रमणका कारण न्यून पर्यटक आएका थिए । तर कोरोना लहर आउनुभन्दा अघि सन् २०१९ मा ३६ हजार ६४७ जना, सन् २०१८ मा २९ हजार ४८४ जना, सन् २०१७ मा २१ हजार ६८ जना पर्यटक आएको उक्त केन्द्रको तथ्याङ्कमा उल्लेख छ । कोरोना प्रभावका कारण पर्यटक आगमन सङ्ख्या ह्यात्तै घटेको भए पनि अब पुनः पुरानै लयमा पुग्ने अपेक्षा पर्यटन व्यवसायीको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ४ : १५ बजे

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक