युवकको हत्या आरोपमा तीन जना पक्राउ « Khabarhub

युवकको हत्या आरोपमा तीन जना पक्राउ


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा–डडेल्धुरामा मादक पदार्थ सेवनपछि उत्पन्न विवादका क्रममा कुटपिट गरी एक जना युवकको हत्या गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतिको कुटपिट गरी हत्या गरिएको हो।

सोमबार बिहान आलीताल गाउँपालिका–४ मा घाइते अवस्थामा भेटिएर उपचारका क्रममा जोगबुढा अस्पतालमा ज्यान गुमाएका सिजापतिको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ मा बस्दै आएका २४ वर्षीय आशिष बराल, आलीताल गाउँपालिका–८ बस्ने १८ वर्षीय पुजन लोहनी र परशुराम नगरपालिका–१२ बस्ने अटो रिक्सा चालक तेजबहादुर विक रहेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) देवेन्द्रबहादुर पालले बताए।

सिजापति र बराल आफन्त हुन्। आइतबार राति बरालको घरमा मृतकसहितका तीन जनाले सँगै बसेर मदिरा सेवन गरेको पाइएको डीएसपी पाल बताउँछन्।

अनुसन्धानका क्रममा उनीहरू तीनै जनाले मदिरा सेवन गरेपछि सिजापतिसँग विवाद हुँदा सोही क्रममा कुटपिट गरेर घाइते अवस्थामा अटोमा राखेर आलीताल गाउँपालिका–४ मा छाडेर गएको बयान दिएका छन्।

‘आपसी विवादका क्रममा सिजापतिमाथि कुटपिट भएको रहेछ। राति करीब १२ बजेको समयमा अटो रिक्सामा बोकेर घाइते अवस्थामा फालेका रहेछन्, ‘स्थानीयले देखेपछि हामीलाई खबर गरे। जोगबुढा अस्पताल पुर्‍याए पनि उपचारकै क्रममा सोमबार उनको मृत्यु भयो,’ डीएसपी पालले भने।

हत्या आरोपमा पक्राउ परेका बराल र लोहनी मृतक सिजापतिका नातेदार हुन् भने अटो रिक्सा चालक उनीहरूको साथी हुन्। सिजापति आइतबार मात्र डोटीबाट आफन्त बरालको घरमा आएका थिए। पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ४ : ३० बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर