घडेरी सम्याएको माटो थुपारेर ग्रामिण सडकमा अवरोध « Khabarhub

घडेरी सम्याएको माटो थुपारेर ग्रामिण सडकमा अवरोध


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घडेरी सम्याएको माटो थुप्रोले ग्रामिण सडक छेकिएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा जयराममा घडेरी सम्याउँदा निस्किएको माटोको थुप्रोले जयराम–गोपीटार–गुर्दुम, निङ्लाम(झापा–दाम्ली सडक छेकिएको हो । जयरामका एक स्थानीयको घडेरी सम्याएको माटो सो सडकको जिरो प्वइन्टमा थुपारेर सडक पुरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

जयराम–गोपीटार–गुर्दुम, निङ्लाम–झापा–दाम्ली सडकको जिरो प्वइन्ट स्थानीय मुनाल कार्कीको जग्गामा पर्छ जुन मध्यपहाडी लोकमार्गकै किनारामा रहेको छ । तर हाल सो सडकलाई बन्द गर्नेरगराउने नियतकै साथ सडकको जिरो प्वइन्टमा माटो थुपारिएको स्थानीय बताउँछन् ।

जयरामस्थित दुधकोसीमा स्थायी पुल बन्नुअघि बेलिब्रिज सञ्चालन गर्ने गरिएको थियो । त्योबेला सोही कच्ची सडकबाट बेलिब्रिजमा पुगिन्थ्यो । सो सडकलाई नदीको गिटी बालुवा निकासीका लागि पनि उपयोग गरिएको थियो । २०६९ सालतिर सोही सडकलाई दुधकोसी किनारबाट गोपीटार–गुर्दुम, निङ्लाम–झापा–दाम्लीसम्म विस्तार गरिएको वडाध्यक्ष राईले बताए ।

हाल हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा र डिकुवाका स्थानीयले उपयोग गर्दै आएको सडकको मुखमा गत माघ अन्तिम साता माटो थुपारेर अवरोध गरिएको हो । थुपारिएको माटो हटाएर सडक खुलाइदिन भन्दै स्थानीय टेकमान राई, रविन राई, लगन राई, सिर्जना राई, चन्द्रबहादुर राई लगायतको १० जनाको टोलीले २ माघमा नगरपालिकामा निवेदन दिएका छन् ।

उनीहरुले अवरुद्ध सडक तत्काल खुलाएर जयरामघुम्ती–गोपीटार–झापा–चंखेपु–कुर्ले सडक विस्तारका लागि समेत बजेट माग गरेका छन् । सो सडकलाई सञ्चालनमा ल्याउनका लागि वैकल्पिक उपायको खोजी सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ०० बजे

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन

यस्तो छ गगन थापाले पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनमा समसामयिक