खोटाङमा कोरोना संक्रमितको संख्या ५७ मा झर्‍यो « Khabarhub

खोटाङमा कोरोना संक्रमितको संख्या ५७ मा झर्‍यो


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा कोभिड–१९ बाट संक्रमितको संख्या ५७ मा झरेको छ । मंगलबार थप नौ जना संक्रमणमुक्त भएसँगै संक्रमितको संख्या ५७ मा झरेको हो । पछिल्लो साता दिनानुदिन संक्रमितको संख्या घटिरहेको छ ।

मंगलबार २० जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनालाई मात्र संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।

कोरोना संक्रमणको पहिलो, दोस्रो र तेस्रो लहरमा गरी हालसम्म तीन हजार ४६४ जनालाई संक्रमण पुष्टि भएकोमा निको हुनेको कुल संख्या तीन हजार ३६३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म एक लाख १६ हजार ६८९ जनाले पहिलो मात्राको र ६७ हजार २९ जनाले दोश्रो मात्राको खोप लगाइसकेका छन् । कोभिड-१९ को पहिलो र दोस्रो लहरमा १५ जनाले ज्यान गुमाएका थिए ।

महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा २३४ बेड तयारी अवस्थामा राखिएको छ । यस्तै, एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ३० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६