कंगोमा विद्रोही समुहको आक्रमणबाट १५ जनाको मृत्यु « Khabarhub

कंगोमा विद्रोही समुहको आक्रमणबाट १५ जनाको मृत्यु


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कंगोको उत्तरमा पर्ने इटुरी प्रान्तको एक गाउँमा विद्रोही समुहको आक्रमणले १५ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

विद्रोहीले इटुरी प्रान्तको अबरकोजो गाउँका स्थानीयबासीलाई बन्दुक र चक्कु प्रहार गरेर हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विद्रोहीले स्थानीयका घरमा आगो पनि लगाइदिएको त्यस क्षेत्रका प्रमुख इन्सेन्ट मातुकादलाले बताए ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । आक्रमण विद्रोही समुह (सीओडीइसीओ ) मिलिशियाले गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सो समुह कंगोको उत्तरमा सक्रिय उग्रवादी समुह मध्ये एक हो । यस महिनाको सुरुमा पनि सो समुहले इटुरी प्रान्तको अस्थायी शिविरमा आक्रमण गर्दा ६० जना सर्वसाधारण मारिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ४९ बजे

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय