प्रचण्डका कारण एमसीसी विवादित बनेको पोखरेलको आरोप « Khabarhub

प्रचण्डका कारण एमसीसी विवादित बनेको पोखरेलको आरोप


३ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण एमसीसी विवादमा परेको आरोप लगाएका छन् ।

मंगलबार जनकपुरधाममा नेकपा एमालेले गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेशअनुसार फरक फरक धारणा राखेकै कारण एमसीसी विवादमा परेको दाबी गरे ।

एमसीसीका बारेमा पार्टीका नेता तथा कार्यकर्ताबीच एकनासको गठबन्धन तथा विदेशी शक्तिलाई अर्काे किसिमको अभिव्यक्ति दिने दिएर एमसीसीलाई प्रचण्डले गिजोल्ने काम गरेको उनले आरोप लगाए ।

प्रचण्ड नेतृत्वको सरकारको पालामा स्वीकृत भएको एमसीसीलाई अहिले विवादमा पार्ने काम भइरहेको उनले बताए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले वर्तमान सत्तारुढ दलीय गठबन्धनलाई अव्यावहारिक र अप्राकृतिकको संज्ञा दिएका छन् ।

संघीय व्यवस्थाविरुद्ध रहेका चित्रबहादुर केसीको पार्टीसँग गठबन्धन समावेश गरेकोले गठबन्धन नै विचित्र प्रकारको रहेको उनले टिप्पणी समेत गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ९ : ०९ बजे

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि