चीनमा एकै दिन दुई वर्षयताकै धेरै कोरोना संक्रमित फेला « Khabarhub

चीनमा एकै दिन दुई वर्षयताकै धेरै कोरोना संक्रमित फेला


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा मंगलबार एकै दिन ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित देखिएका छन् । यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

चीनमा देशव्यापी ओमिक्रोन संक्रमणका कारण नयाँ संक्रमितको संख्या पनि रेकर्ड तोड्ने गरी दिनहुँ बढिरहेको छ । एनएचसीका अनुसार उत्तरपूर्वी प्रान्तमा ३ हजार भन्दाबढीमा संक्रमण देखिएको छ ।

चीनले कोभिडविरुद्ध ‘शून्य सहनशिलता’को नीति अप्नाएको जनाउँदै आएको छ । कठोर प्रतिबन्ध र स्वास्थ्य मापदण्डका बाबजुद पछिल्लो दुई सातामा यसअघिका रेकर्ड तोड्ने गरी संक्रमितको संख्या देखिएको छ ।

यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुन र १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा यसै साता लकडाउन घोषणा गरिएको थियो । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनिएकाे छ । रोकथाम र नियन्त्रणलाई समयमै सशक्त नबनाइए कोभिड सजिलै समुदायस्तरमा फैलिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

संक्रमणका कारण सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरु बन्द छन् । चीनका १८ ओटा प्रान्त ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेका छन् । चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ८ : २५ बजे

थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालियो

मनाङ- अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितका ढुङ्गा, गिट्टी र बालुवाले

पदाधिकारी पदमुक्तिको कानुनी रिक्तता हटाउन विधेयक ल्याएका हौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक पदाधिकारीको

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका