युक्रेनका स्वतन्त्र सञ्चारमाध्यमलाई युद्धबाट जोगाउन आर्थिक सहयोग अभियान तीव्र « Khabarhub

युक्रेनका स्वतन्त्र सञ्चारमाध्यमलाई युद्धबाट जोगाउन आर्थिक सहयोग अभियान तीव्र


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनका स्वतन्त्र सञ्चारमाध्यमलाई रुसले थालेको आक्रमणबाट जोगाउन सहयोग सङ्कलन गर्ने कार्यले तीव्रता पाएको छ । आर्थिक सहयोग सङ्कलन गर्ने साइट ‘गो फन्ड मी’ मा पेज बनाएर शुरु गरिएको अभियानमा हालसम्म १५ हजार भन्दा धेरैले सहयोग गरिसकेका छन् ।

८ लाख बेलायती पाउण्ड स्टर्लिङ सङ्कलन गर्ने लक्ष्य लिइएको उक्त पेजमा हालसम्म ८ लाख ७० हजार भन्दा धेरै सहयोग सङ्कलन भइसकेको छ । संकलित सहयोगबाट प्राप्त पैसा हाल रुसी आक्रमणको सामना गरिरहेको किभ, लभिभजस्ता युक्रेनी शहरमा काम गर्ने पत्रकारलाई वार्सा, भिल्नस र अरु छिमेकी देशका राजधानी सार्न प्रयोग गरिने यस अभियानका आयोजक एवम् किभ इन्डिपेन्डेन्ट पत्रिकाका प्रमुख आर्थिक अधिकारी याकुब, पारुनिस्कीले बताएका छन् ।

‘हामीलाई अहिले विश्वका लागि देशभरबाट विश्वसनीय र भरपर्दो सूचना चाहिएको छ, ता कि युक्रेन, रुस र बेलारुसका जनताले खासमा के भइरहेको छ थाहा पाउन् ।’ उनले बेलायतबाट प्रकाशित हुने द गार्जियनलाई भने ।

यो अभियानबाट किभ इन्डिपेन्डेन्ट, समाचार पोर्टल जाबोरोना र अरु १२ समाचार संस्थाहरूले यो सहयोगबाट लाभ लिने जनाइएको छ ।

(द गार्जियनबाट)

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ११ : ४१ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

‘अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म