गुल्मीमा मोतिविन्दुको नि:शुल्क शल्यक्रिया, दुई सय जनाले लिए सेवा  « Khabarhub

गुल्मीमा मोतिविन्दुको नि:शुल्क शल्यक्रिया, दुई सय जनाले लिए सेवा 


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा  करिब दुई सय जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । डाक फाण्डेशनको सहयोग तथा नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको सहकार्यमा तीन वटा निःशुल्क आँखा शिविर सम्पन्न भएका छन् ।

शिविरमा १८४ जनाको निःशुल्क मोतिविन्दुको सफल शल्यक्रिया गरिएको जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीका नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार तीनवटै शिविर सदरमुकाम तम्घासको आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको थियो ।

गत ९ र १० पुसमा सञ्चालन भएको आँखा शिविरमा ५६ जनाको शल्यक्रिया र दुई सयभन्दा धेरैले आँखा परीक्षण गराएका थिए । शिविरमा परासी आँखा अस्पतालका निर्देशक सर्जन डा.सविता ढकाल तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको टोलीले मोतिविन्दुको शल्यक्रिया गरेको नेत्र अधिकृत बस्नेतले बताए ।

त्यस्तै गत १६ फागुनमा सञ्चालन भएको शिविरमा २७ जनाको मोतिविन्दुको शल्यक्रिया र ७० जनाको आँखाको परिक्षण गरिएको थियो । शिविरमा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवाका नेत्ररोग विशेषज्ञ डा.अमन गुप्ता तथा जिल्ला आँखा उपचार केन्द्रका टोलीले शल्यक्रिया गरेका थिए ।

२६ र २७ फागुनमा सञ्चालन भएको शिविरमा एक सय एक जनाको निःशुल्क मोतिविन्दुको शल्यक्रिया तथा चार सयभन्दा धेरैले आँखाको उपचार गराएको नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीले जनाएको छ ।

मोतिविन्दुको शल्यक्रियाका लागि मुख्य सर्जन डाक्टरबाहेक अन्य जनशक्ति जिल्लामै छन् । जिल्ला आँखा उपचार केन्द्र तम्घासमार्फत आँखाको ९० प्रतिशतसम्म उपचार भइरहेको जिल्ला आँखा उपचार केन्द्र गुल्मीका सभापति शेरबहादुर थापाले जानकारी दिए । जिल्लामा दैनिक आँखाको माइनर शल्यक्रिया र मासिक मोतिविन्दुको मेजर शल्यक्रिया गरिँदै आएको थापाले बताए ।

आँखा उपचार केन्द्रले सदरमुकाम बाहिर तीनवटा उपशाखामार्फत सेवा प्रवाह गरिरहेको छ । उक्त उपशाखाहरुबाट स्थानीय स्तरमै पनि आँखाको ६० प्रतिशत रोगको उपचार हुँदै आएको थापाले बताए । संस्थाले स्थानीय तह वा अरु संघ संस्थाको आयोजनामा शिविरहरू सञ्चालन गरेर पनि आँखाको परीक्षण, उपचार, शल्यक्रिया र चस्मा वितरण गरिरहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १२ : ३९ बजे

अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने