‘मुस्किलले बाँचियो !’ – जब पार्कमा हिँड्दाहिँड्दै एक्कासी रुसी क्षेप्यास्त्र खस्यो « Khabarhub

‘मुस्किलले बाँचियो !’ – जब पार्कमा हिँड्दाहिँड्दै एक्कासी रुसी क्षेप्यास्त्र खस्यो


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले आक्रमण गरिरहेको युक्रेनमा बम विष्फोटन र क्षेप्यास्त्र प्रहारका घटना भइरहेका छन् । यहीक्रममा राजधानी किभमा एउटा अचम्मको घटना भएको छ । एकजना पैदलयात्रु रुसी क्षेप्यास्त्र विस्फोटबाट मुस्किलले बचेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा किभमा एउटा पार्कमा हिँडिरहेका मानिसको सामुन्नेमै क्षेप्यास्त्र विस्फोट भएको देख्न सकिन्छ । किभको नगर परिषद्ले सामाजिक सञ्जालमा अपलोड गरेको भिडियोमा झोला बोकेका एक अधबैँसेजस्ता देखिने मानिस लौरो टेक्दै हिँडिरहेको देखिन्छ ।

सीसीटीभीबाट खिचिएको उक्त भिडियोमा ती मानिसले टाउको उठाएर विपरीत दिशामा आकाशतिर हेरेका छन् अनि केही समयलगत्तै एउटा क्षेप्यास्त्र उनको केही अगाडि पुगेर बीच सडकमा विस्फोट हुन्छ ।

उक्त क्षेप्यास्त्र सडकमा रहेको बसमा पुगेर बज्रेको र घटनामा एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

(बीबीसीबाट)

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ३९ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन