‘मुस्किलले बाँचियो !’ – जब पार्कमा हिँड्दाहिँड्दै एक्कासी रुसी क्षेप्यास्त्र खस्यो « Khabarhub

‘मुस्किलले बाँचियो !’ – जब पार्कमा हिँड्दाहिँड्दै एक्कासी रुसी क्षेप्यास्त्र खस्यो


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले आक्रमण गरिरहेको युक्रेनमा बम विष्फोटन र क्षेप्यास्त्र प्रहारका घटना भइरहेका छन् । यहीक्रममा राजधानी किभमा एउटा अचम्मको घटना भएको छ । एकजना पैदलयात्रु रुसी क्षेप्यास्त्र विस्फोटबाट मुस्किलले बचेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा किभमा एउटा पार्कमा हिँडिरहेका मानिसको सामुन्नेमै क्षेप्यास्त्र विस्फोट भएको देख्न सकिन्छ । किभको नगर परिषद्ले सामाजिक सञ्जालमा अपलोड गरेको भिडियोमा झोला बोकेका एक अधबैँसेजस्ता देखिने मानिस लौरो टेक्दै हिँडिरहेको देखिन्छ ।

सीसीटीभीबाट खिचिएको उक्त भिडियोमा ती मानिसले टाउको उठाएर विपरीत दिशामा आकाशतिर हेरेका छन् अनि केही समयलगत्तै एउटा क्षेप्यास्त्र उनको केही अगाडि पुगेर बीच सडकमा विस्फोट हुन्छ ।

उक्त क्षेप्यास्त्र सडकमा रहेको बसमा पुगेर बज्रेको र घटनामा एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

(बीबीसीबाट)

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ३९ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस