साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट « Khabarhub

साउदी विदेशमन्त्रीले गरे राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उनले राष्ट्रपति कार्यालय शितल निवास पुगी राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका थिए ।

‘सो अवसरमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो,’ भेटपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिलाई भेटिसकेपछि उनले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए । प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।

नेपालको दुई दिने भ्रमणको सिलसिलामा साउदी विदेशमन्त्री साउद सोमबार काठमाडौँ आइपुगेका थिए । उनी मंगलबार बिहान नेपाल–साउदी उच्चस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएका थिए । उनी मंगलबार स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ३८ बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट