चलचित्र निर्देशक समाजले धरानमा गरेको फिल्म निर्माण कार्यशाला सम्पन्न « Khabarhub

चलचित्र निर्देशक समाजले धरानमा गरेको फिल्म निर्माण कार्यशाला सम्पन्न


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरस महामारीको प्रभाव कम भए लगत्तै चलचित्र निर्देशक समाजले सक्रियता बढाएको छ । मोफसलबाट पनि फिल्ममा दक्ष जनशक्ति तयार गर्ने उदेश्य सहित निर्देशक समाज ‘आधारभूत फिल्म निर्माण कार्यशाला’ गरिरहेको छ । समाजले चलचित्रकर्मी महासंघ प्रदेश १ र चलचित्र विकास बोर्डसँग सहकार्यमा हालै ५ दिने ‘आधारभूत फिल्म निर्माण कार्यशाला’ सम्पन्न गरेको छ ।

धरानको हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न कार्यशालामा लेखन देखि बजारीकरणसम्मका कक्षा सञ्चालन भएको समाजका महासचिव जनकदीप पराजुलीले बताए । उनले केहि समय अगाडी सम्पन्न बाराको निजगढमा गरेको कार्यक्रम बाँकी प्रदेशमा पनि विस्तार गर्ने लक्ष्य अनुरुप धरानमा कार्यशालाको आयोजना गरेको बताए ।

‘बारा निजगढमा गरिएको कार्यक्रमले फिल्मकर्मी बीच अत्यन्त उत्साह सञ्चारित भएको महसुस गर्यौँ । हामीले यस्ता कार्यक्रम मार्फत सिधै फिल्मकर्मी तयार गर्ने भन्दा पनि यो विधामा थप अध्ययनका लागि उत्प्रेरित गर्ने उद्देश्य राखेका छौँ’ महासचिव पराजुलीले भने ।

चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले मोफसलका फिल्म र फिल्मकर्मीको अस्तित्व दरिलो बनाउने अभिप्रायले कार्यशालाको आयोजना गरिएको बताए ।

प्रशिक्षणमा प्रदेश १ का १४ जिल्लाका ५० बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो । प्रशिक्षणमा नीर शाह, युवराज लामा, राजकुमार राई, प्रकाश सायमी, दीपाश्री निरौला, रक्षा सिंह राणा, भोला सापकोटा, जनकदीप पराजुली, पुरुषोत्तम प्रधान, सामीप्यराज तिमल्सेना आदिले विविध विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  २ : ५३ बजे

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब घोषणा ५ बजे हुने

चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती  

वालिङ– मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

काभ्रेपलाञ्चोक– आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ ।