क्रिप्टोकरेन्सी कारोबार आरोपमा मोरङका दुई जनाविरुद्ध मुद्दा दायर « Khabarhub

क्रिप्टोकरेन्सी कारोबार आरोपमा मोरङका दुई जनाविरुद्ध मुद्दा दायर


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजस्व अनुसन्धान विभागले डलरको अवैध रुपमा कारोबार गरेको कसुरमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभिन्न एपमार्फत डलरको अवैध कारोबार गरी क्रिप्टोकरेन्सीमा लगानी गरेको कसूरमा दुई जनाविरुद्ध काठमाडौँजिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र सोही ठाउँकी २३ वर्षीया बिनिता लिम्बू विरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले बाइनान्स, क्वाइनबेस, प्याक्सफूल लगायतमाध्यम मार्फत रकम लोड तथा अनलोड गरी अवैध रुपमा अमेरिकी डलर सटही गरेको र क्रिप्टोमा लगानीकर्ताको रुपमा रही कार्य गरेको विभागले उल्लेख गरेको छ ।

श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार, एनआइसी एसियाबाट २ करोड ३६ लाख ६२ हजार समेत गरी कुल ७ करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको अवैध कारोबार गरेको विभागको दावी छ ।

त्यस्तै लिम्बूले एनआइसी एसिया बैंकबाट २ करोड १६ लाख ९८ हजार रुपैयाँ बराबरको अवैध कारोबार गरेको विभागले जनाएको छ । दुई जनाबाट कुल ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको बिगो रकम जफत गरी ३ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

विभिन्न बैंकका स्टेटमेन्ट, बरामद मोबाइलमा प्राप्त विवरण, कल डिटेल लगायतका विवरण समेतका मिसिल संलग्न प्रमाणबाट उनीहरुले कसुरजन्य कार्य गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ३ : २९ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन